गोदावरीका १७ जनालाई आल्मूनियम फेब्रिकेटर तालिम

Image

अत्तरिया – कैलालीको गोदावरीका १७ जनालाई आल्मूनियम फेब्रिकेटर तालिम प्रदान गरिएको छ ।

व्यवसायिक तथा सिप विकास तालीम केन्द्र धनगढीको आयोजनामा गोदावरी नगरपालिकाको सञ्चालन गरेको तालिममा १७ जनाले सिप सेक्ने अवसर पाएका हुन । ९० दिने (३९० घण्टा) तालिमको समापन गर्दै सोमबार सहभागिलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको थियो ।

2 ad new year 1

नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उनले तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो व्यावहारिक जीवनमा लागु गर्न पर्ने बताए ।

उनले तालिम सिकेका यूवाहरुले आफ्नै व्यवसाय सञ्चालन गर्न चाहेमा स्थानीय सरकारले सहयोग गर्ने बताए ।