श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Image
maya metro

विराटनगर  – मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको उनले बताए ।गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga

लगत्तै बमबहादुर आफूले सोही हतियारले घाँटी रेटेका थिए। गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारी उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेको थियो।

बिहान ३ः२० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।