Attariya Hospital Pvt.Ltd.

ईप्रका मालाखेतीका डिएसपी बरालको सरुवा

padma
milan sunchadi

अत्तरिया – कैलालीको ईलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार १४१ जना डीएसपी संगै बरालको पनि सरुवा भएको हो ।

बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखा सरुवा गरिएको छ । उनको स्थानमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत गंगा बहादुर थापा आउने भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कुलदिप चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ । उनको स्थनमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा आउने भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.