डडेल्धुराका दुईजना लागूऔषधसहित धनगढीबाट पक्राउ

Image

धनगढी – डडेल्धुराका दुई युवक कैलालीको धनगढीबाट लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने २२ वर्षीय बिक्रम बोहरासहित दुई जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो।