महरालाई आज हाजिर जमानीमा छाडिँदै

Image
maya metro

काठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी भएको छ।

बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको उनको भनाइ छ।

nisarga

उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो। बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ।

स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो।

गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो।