मौसम सुधार हुन अझै चार दिन लाग्ने

Image
maya metro

काठमाडौं – मौसम सुधार हुन अझै तीन/चार दिन लाग्ने भएको छ।

मौसमविज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै केही दिन पर्ने देखिएकाले मौसम खुल्न केही दिन लाग्ने देखिएको छ।

nisarga

महाशाखाका मौसमविद्का अनुसार उक्त प्रणालीको कारण अहिले काठमाडौं उपत्यकासहित देशैभरको मौसम बदली भएको छ।

जसका कारण गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तीन वटा प्रदेशमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।