गोदावरीमा सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिँदा दुई जना घाइते

Image

अत्तरिया – कैलालीमा नेपाली सेनाकाे गाडीले माेटरसाइकलाई ठक्कर दिएकाे छ ।

शुक्रबार गोदावरी नगरपालिका-२ काे राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८ प५९८४ नम्बरकाे माेटरसाइकलाई तेघरी ब्यारेककाे गाडीले ठक्कर दिएकाे हाे ।

प्रहरीकाअनुसार लेस नायक दमन बहादुर सिहले चलाएको तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको टाटा पिकअप जिपले ठक्कर दिएकाे हाे ।

ठक्करबाट माेटरसाइकल चालक लम्कीचुहा नगरपालिका- ९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका- ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् ।

उनीहरूकाे अत्तरियाकाे पद्मा अस्पतालमा उपचार भइरहेको छ । सेनाकाे जिप र चालक सिहलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएकाे छ ।