Attariya Hospital Pvt.Ltd.

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा दुई जना घाइते

padma
milan sunchadi

अत्तरिया – कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ।

चौमालाबाट धनगढी जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटरसंग ठोकिदा आज दुर्घटना भएको हो।

दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका १ गोब्काका अनिश चन्द रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रापिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

Siddi ganesh

स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुबैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.