कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Image

धनगढी – कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

2 ad new year 1

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका भजनी नगरपालिका–१ का २५ वर्षीय धिरज चौधरीको शनिवार राति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो। ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।