होलीमा उच्छृङ्खल गतिविधि गर्ने २७७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं – होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा २७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरीका डीएसपी दिपेस बस्यालका अनुसार पक्राउ परेकामध्ये केहीलाई हाजिर जमानीमा छाडिएको छ । केहीलाई अभद्र व्यवहार मुद्दा चलाइने उनले बताए ।

होलीलाई मध्येजनर गरेर प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो ।

आज प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ७८४ सवारी साधनलाई कारबाही गरेको थियो ।