धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

Image
maya metro

धनगढी – धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी–५ बस्ने २७ वर्षीय करन चौधरीलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।