खुटीया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला परेका छन् ।

खुटीया पुल मुनी आज बिहान पुरुषलाई देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । पुरुषको परिचय खुलेको छैन ।