ईप्रका मालाखेतीमा डिएसपी बरालका १४ महिना : लागूऔषध नियन्त्रणमा सक्रियता,अनैतिक क्रियाकलापमा संलग्नलाई कारबाही

Image

अत्तरिया – कैलालीको ईलाका प्रहरी कार्यालय(ईप्रका) मालाखेतीले पछील्लो झण्डै १४ महिना (२०७९÷१०÷२७ देखी २०८०÷१२÷९) मा लागूऔषधमा संलग्न १ सय २६ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखका रुपमा २०७९ माघ २६ गते उपस्थित भएका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले लागूऔषध नियन्त्रणमा सक्रियता देखाएका हुन् । आफु उपस्थित भएपछी २०८० चैत्र ९ गतेसम्म लागूऔषधमा संलग्न १ सय २६ जनालाई पक्राउ गरिएको बरालले बताएका छन् ।

पक्राउ पर्नेमा १ सय १७ जना पुरुष रहेका छन् भने ९ जना महिला रहेका छन् । उनीहरुको साथबाट उत्त समयमावधीमा खैरो हेरोईन ८५ ग्राम ४२१ मिलिग्राम,चरेस १७ किलो ८ सय ८६ ग्राम ६ सय ४० मिलिग्राम,स्याम्पो ७४ ओटा,ट्रामाडोल ८ ओटा र पिग्रा ४० ट्याब्लेट बरामद गरिएको बरालको भनाई छ ।

सो समावधीमा लागूऔषध तथा सवारी दुर्घटना न्युनीकरणका लागि ८४ ओटा सामुदायीक प्रहरी कार्यक्रम गरिएको तथा ६० ओटा होडिङ बोर्ड लगाउनुका साथै ३ हजार भन्दा बढी पर्चा पम्प्लेट वितरण गरिएको बरालले बताएका छन् । खुल्ला सिमानाका नजिक भएका कारण पनि लागूऔषध प्रयोगकर्ता तथा कारोबारी यो क्षेत्रमा धेरै रहेको बरालको भनाई छ ।

सोहि अवधीमा ईप्रका मालाखेतीमा लागूऔषध सम्बन्धीका ८८ ओटा मुद्धा दर्ता भएका छन् । त्यस्तै अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न पनि डिएसपी बराल आफ्नो कार्यकालमा सक्रिय भएर लागेको तथ्यांकले देखाएको छ । झण्डै १४ महिनाको अवधीमा अनैतिक क्रियाकलापमा संलग्न ३० महिला र १९ पुरुष गरी ४९ जनालाई पक्राउ गरी मुद्धा चलाईएको छ ।

त्यस्तै अदालतको फैसलापछी फरार रहेका विभिन्न मुद्धाका ४२ जना दोषीलाई पक्राउ गरी पेश गरीएको बरालले बताएका छन् । प्रहरी महानिरीक्षकको चैत्र ७ गतेको निर्णय अनुसार ईप्रका मालाखेतीबाट बरालको सरुवा भएको छ । ईप्रका मालाखेतीको नयाँ प्रमुखको रुपमा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा आउने भएका छन् ।