कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

Image
maya metro

अत्तरिया – कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

nisarga

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।