Attariya Hospital Pvt.Ltd.

मैले अर्को उथलपुथल गर्न बेर लाग्दैनः प्रधानमन्त्री दाहाल

padma
milan sunchadi

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा बोल्दै उनले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताए।

nawajiwan

कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यसअघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै उनले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पारे। प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको स्पष्टीकरण दिए।

Siddi ganesh

उनले भने, ‘म अझै पनि प्रधानमन्त्रीको पदमा किन बसिराखेको छु भने अगाडि बढ्ने सम्भावना मैले देखिराखेको छु। मैले अघि भने नि – कमसेकम सायद म अथवा संघीयतासम्बन्धी संघर्ष गर्ने साथीहरु नभएको भए त्यो संघीय निजामती ऐन पनि त्यहाँ पुग्दैन थियो। प्रहरी समायोजन ऐन कार्यान्वयनको यो चरणमा आउँदैन थियो। संघीय प्रहरी ऐन पनि ड्राफ्ट हुँदैन्थ्यो। त्यसकारण त्यहाँ सम्भावना छ।’

उनले थपे,’म के भन्छु भने साँच्चै यी कुनै पनि काम अघि बढन सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो मैले अरुलाई भनेको होइन है। त्यो मेरै लागि भनेको हो। मैले भन्ने गरेको छु– कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु। मैले अहिले पनि पदको सुरक्षाका लागि समीकरण अर्को बनाएको पनि होइन। पद त मेरो सुरक्षित नै थियो।’

यसअघि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा बोल्दै आफू बाँचुञ्जेल देशमा उथपपुथल भइरहने बताएका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.