टीकापुरमा एक पुरुष मृत फेला

Image

धनगढी – कैलालीको टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।

टीकापुर नगरपालिका ४ इन्द्रैया स्थित खेतमा नामथर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो।

घटनाबारे ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थप  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।