अत्तरिया – कोरियन कम्पनी एटोमीले नेपालमा आफ्नो उत्पादन सार्वजनिक गरेको छ ।
कम्पनीले शनिबार एक कार्यक्रमकाबिच कैलालीको अत्तरियामा नेपालमै पहिलोपटक आफ्नो उत्पादन सार्वजनिक गरेको हो ।
सिटिई भिटीबाट मान्यताप्राप्त जुनु इन्टरनेशनल मेक अप स्टुडियोकी सिईओ जुनु गिरीको संयोजकत्वमा एटोमी कम्पनीको उत्पादन सार्वजनिक गरिएको हो । अत्तरिया क्षेत्रका ५० जना ब्युटिसियनहरुको सहभागीतामा एटोमीले उत्पादन सार्वजनिक गरेको हो ।
कार्यक्रममा कम्पनीकी डाइमोन्ड मास्टर किम हान लामा, प्रोडक्ड सप्लायर निरु लामा र जुनु इन्टरनेशनल मेक अप स्टुडियोकी सिईओ गिरीले कम्पनीका उत्पादनहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
एटोमीसंग दैनिक प्रयोग हुने,सौन्दर्य सामग्री लगाएतका ५७० प्रकारका उत्पादनहरु रहेका छन् ।
सन् २००९ कोरीयामा स्थापना भएको एटोमी कम्पनीले विशवका विभीन्न देशहरुमा आफ्नो उत्पादन बिक्रि वितरण गर्दै आईरहेको छ ।
उत्पादनको बारेमा बोल्दै गीरीले एटोमीको उत्पादन गुणस्तरीय भएकोले सेवाग्राहिले ढुक्क भएर प्रयोग गर्नसक्ने बताईन् ।
उनले भोली धनगढीमा र बिस्तारै नेपालका अन्य ठाउँहरुमा पनि उत्पादन सार्वजनिक गर्ने कार्यक्रम रहेको बताईन् ।