अत्तरिया – कैलालीको अत्तरिया बसपार्क लगायतका क्षेत्र नेपाली सेनाको भोगाधिकारविरुद्ध अत्तरियाबासी एकजुट भएका छन् ।
शनीबार गोदावरी नगरपालिकाले सेनाले भोकाधिकार लिएको जग्गा प्रती असन्तुष्टि जनाउँदै स्थानीय राजनीतिक दल र नागरिकसंग अन्तरक्रिया गरेको छ ।
अत्तरिया बसपार्कमा शनिबार ६१ घर परिवारका सदस्यको उपस्थितिमा सबै राजनीतिक दलका नेताहरु तथा पत्रकारको सहभागीतामा बिचार गोष्टि आयोजना गरिएको हो ।
गोष्टिका सहभागीहरुले नेपाल सेनाले अत्तरिया बसपार्क त्यहाँ रहेका ६१ घरधुरी सहित को क्षेत्र आफ्नो भोकाधिकारमा राखेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरुले सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नुपर्ने बताएका छन् ।
नेपाली सेनाले शाहीकालको निर्णय अनुसार अत्तरिया बसपार्क , लामिताल र ६१ घरधुरी सहित को जग्गा आफ्नो भोकाधिकारमा परेको भन्दै आएको छ ।
सेनाले बेला बेलामा आफ्ना प्रतिनिधिहरु पठाएर बसपार्क हटाउन सांकेतिक दबाब दिन थालेको स्थानीयको आरोप छ ।