Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा १४६ आगलागीका घटनाबाट ७ जनाको मृत्यु, २० घाइते

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिममा आगलागीका घटना एकपछि अर्को बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो सातासम्म एक सय ४६ को संख्यामा आगलागीका घटना भएका छन्।

ती आगलागीका घटनामा परेर तीन पुरुष र चार महिला गरि ७ जनाको मृत्यु भइसकेको छ। आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन्। घर, गोठ तथा पसलमा आगलागी हुनेक्रम चैत महिना सुरु भएयता बढ्दै गएको छ। विद्युतको तार सर्ट भएर सबैभन्दा बढी आगलागीका घटना हुने गरेको विवरण जिल्लाहरुबाट प्राप्त भइरहेका छन्।

आगलागीकै कारण अहिलेसम्म एक सय ६४ परिवार प्रभावित बन्न पुगेका छन्। साथै आगलागीबाट १३ घरमा आंशिक र १८ घर पूर्ण रुपमा क्षति पुगेको पाइएको छ। आगलागीकै कारण ३३ गोठमा क्षति पुगेर ४२ पशु चौपायामा नोक्सानी भएको छ।

Siddi ganesh

आगलागीबाट चैत दोस्रो सातासम्म चार करोड ५० लाख ८ हजार ४५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.