कैैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख बढीका अवैध सामान बरामद

Image
फाईल फोटो

कैलाली – कैलाली र कञ्चनपुरमा २ लाख बढीको अवैध सामान बरामद गरिएका छन्। दुबै जिल्लाका विभिन्न स्थानबाट २ लाख २२ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएका प्रहरीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका(२ ट्राफिक चौराह नजिक, धनगढी(३ चटकपुर र भजनी नगरपालिका(७ हलुनाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७ हजार ३६ मूल्यको प्याज, चिनी, खाने तेल, चप्पल, साबुन, सुपारी, स्प्रे पेन्ट, मोबिल लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका(४ संविधान चोक, भीमदत्त(१० सुकासाल, बेलौरी नगरपालिका(६ नकैया र दोधराचाँदनी नगरपालिका(७ बाबाथानबाट भारतबाट भन्सार छली ल्याएका १ लाख १५ हजार मूल्य बराबरको प्याज,मिश्री,दाल,मैदा,साइकल ४ थान लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।