अत्तरिया – नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६७ वर्ष भएको छ ।
वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ ।
आज दशैभरीका सहकारीहरुले विभिन्न कार्यक्रम गरेर सहकारी दिवस मनाउँदै छन् ।
देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ। यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्।
सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी बताइन्छ।