अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा आएको छ ।
ज्योति सामुदायिक विकास सेवा नेपालले उक्त केन्द्र सञ्चालनमा ल्याएको हो । मानव बेचबिखन विरुद्धको अभियान अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालन गरिएको छ ।
आज (मंगलबार) एक औपचारिक कार्यक्रमका विच सूचना तथा परामर्श केन्द्रको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे । मानव बेचबिखनका गतिबिधिलाई रोक्नको लागी उक्त केन्द्र सन्चालनमा ल्याइएको हो ।
ज्योति सामुदायिक विकास सेवा नेपालका निर्देशक राजन गहतराजको सभापतित्वमा भएको सूचना तथा परामर्श केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा बहादुर थापा लगायत, यातायात व्यवसायी, स्थानियको उपस्थिति रहेको थियो ।