Attariya Hospital Pvt.Ltd.

उपचारमा आर्थिक अभाव झेलीरहेका पाण्डेयलाई सहयोग हस्तान्तरण

padma
milan sunchadi

अत्तरिया – उपचारमा आर्थिक अभाव झेलीरहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत वरपिपल टोलका नेहाल पाण्डेयलाई आर्थीक सहयोग गरिएको छ । सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसन शाखा अत्तरियाले पाण्डेयलाई आर्थिक सहयोग गरेको हो ।

मंगलबार सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसन शाखा अत्तरियाकी अध्यक्ष दिपीका कुँवर हमालले पाण्डेयकी आमा सुनन्दा पाण्डेयलाई २० हजार १५५ रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन् । शाखाले १८ हजार १३५ रुपैँया सदस्यहरुबाट उठाएको हो भने २ हजार २० रुपैँया सँस्थाबाटै सहयोग गरेको हो । त्यस्तै सदस्यहरुबाटै उठाएर शाखाले ४ हजार १०५ रुपैँया नगद हस्तान्तरण गरिएको जनाएको छ ।

२६ वर्षीय नेहाल तीन वर्षअघि सडक दुर्घटनामा परेका थिए । उपचारमा हालसम्म तीस लाख भन्दा बढी रकम खर्च गरिसकेको र अब नियमित औषधी खानकालागि समेत पैसा नभएपछी आर्थीक सहयोगका लागि अनुरोध गर्नु परेको नेहालकी आमा सुनन्दाले बताएकी छिन् । ११ वर्ष अघि श्रीमान गुमाएकी सुनन्दाका नेहाल एक्ला छोरा हुन् ।

Siddi ganesh

अत्तरियामै करिब २५ वर्षदेखी ब्युटीपार्लर व्यवसाय गर्दै आईरहेकी सुनन्दाले छोराकै स्याहारमा खट्नुपर्दा व्यवसाय पनि घट्दै गएकोले छोरालाई नियमित औषधी खुवाउन पनि मुस्कील भईरहेको बताईन् । ‘श्रीमान बितेपछी एक्लैले जसोतसो घर चलाईरहेकी थिए,उनले भनीन् छोराको अवस्था यस्तो भएपछी पनि तीन वर्षसम्म त जसोतसो धाने तर केहि महिना यता भने नियमित औषधी खुवाउन सकिरहेकी छैन ।’

मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर पूरै शरिर नचल्ने भएका नेहाल करिब डेढ महिनापछी होसमा आएका थिए भने करिब दुई वर्षपछी मान्छे चिन्न सक्ने भएका थिए । अहिले नेहालले बाँकी शरिर चलेपनि एउटा हात भने चलाउन सक्दैनन् । अहिले प्रत्येक महिना २० हजारभन्दा बढीको औषधी खरिद गर्नु परिरहको सुनन्दाले बताईन् ।

भएको घर समेत बैंकमा राखेर ऋण लिएकाले समस्यामा रहेको उनले बताईन् । ‘नियमित चेकजाँचले पहिलेभन्दा अवस्था सुधार हुँदै गएपनि औषधी खुवाउन नसक्दा फेरी अवस्था बिग्रने होकी चिन्ता लागेको छ’उनले भनीन् । उनका अनुसार नेहालको अवस्था सुधार हुन अझै केहि वर्ष लाग्ने चिकित्सकले बताएका छन् । छोराको उपचारमा सक्दो सहयोग गरिदिन उनले सहयोगी मनहरुलाई आग्रह गरेकी छिन् ।

९८६६६०५२७८ मा सम्पर्क गरी सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् । त्यस्तै खाता नम्बर २२२२३९००१५०६६९५७ मा पनि सहयोग गर्न सकिने उनले बताएकी छिन् । लागि सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाकी अध्यक्ष कुँवरले आफुहरुले पनि नेहालको उपचारका रकम संकलन गर्न सक्दो पहल गर्ने बताईन् । छोटो समयमा उदारता देखाई सक्दो सहयोग गरेकोमा संगठनमा आवद्ध सदस्यहरुलाई धन्यवाद दिँदै उनले अन्य व्यत्तिहरु बाट पनि सहयोगको अपेक्षा गरीएको बताईन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.