Attariya Hospital Pvt.Ltd.

छोराको उपचारमा सहयोग गरिदिन सुनन्दाको अपिल

padma
milan sunchadi

अत्तरिया – आर्थिक अभावले छोराको उपचारमा समस्या भएपछी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वरपिपल टोलकी सुनन्दा पाण्डेयले सहयोगका लागि अपिल गरेकी छिन् ।

निरन्तर तीन वर्षदेखी छोराको उपचार गर्दा घर समेत बैंकमा राखेर ऋण निकालीसकेकोले अब कुनै विकल्प नरहेको भन्दै उनले सहयोगका लागि अपिल गरेकी हुन् । सुनन्दाका एक्ला छोरा नेहाल पाण्डेय तीन वर्षअघि सडक दुर्घटनामा परेका थिए ।

२६ वर्षीय नेहालको उपचारमा हालसम्म तीस लाख भन्दा बढी रकम खर्च गरिसकेको र अब नियमित औषधी खानकालागि समेत पैसा नभएपछी आर्थीक सहयोगका लागि अनुरोध गर्नु परेको सुनन्दाले बताएकी छिन् । सुनन्दाले ११ वर्ष अघि श्रीमान गुमाईसकेकी छिन् ।

Siddi ganesh

अत्तरियामै करिब २५ वर्षदेखी ब्युटीपार्लर व्यवसाय गर्दै आईरहेकी सुनन्दाले छोराकै स्याहारमा खट्नुपर्दा व्यवसाय पनि घट्दै गएकोले छोरालाई नियमित औषधी खुवाउन पनि मुस्किल भईरहेको बताईन् ।

‘श्रीमान बितेपछी एक्लैले जसोतसो घर चलाईरहेकी थिए,उनले भनीन् छोराको अवस्था यस्तो भएपछी पनि तीन वर्षसम्म त जसोतसो धाने तर केहि महिना यता भने नियमित औषधी खुवाउन सकिरहेकी छैन ।’

मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर पुरै शरिर नचल्ने भएका नेहाल करिब डेढ महिनापछी होसमा आएका थिए भने करिब दुई वर्षपछी मान्छे चिन्न सक्ने भएका थिए । अहिले नेहालले बाँकी शरिर चलेपनि एउटा हात भने चलाउन सक्दैनन् ।

अहिले प्रत्येक महिना २० हजारभन्दा बढीको औषधी खरिद गर्नु परिरहको सुनन्दाले बताईन् । भएको घर समेत बैंकमा राखेर ऋण लिएकाले समस्यामा रहेको उनले बताईन् ।

‘नियमित चेकजाँचले पहिलेभन्दा अवस्था सुधार हुँदै गएपनि औषधी खुवाउन नसक्दा फेरी अवस्था बिग्रने होकी चिन्ता लागेको छ’उनले भनीन् । उनका अनुसार नेहालको अवस्था सुधार हुन अझै केहि वर्ष लाग्ने चिकित्सकले बताएका छन् ।

छोराको उपचारमा सक्दो सहयोग गरिदिन उनले सहयोगी मनहरुलाई आग्रह गरेकी छिन् । ९८६६६०५२७८ मा सम्पर्क गरी सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.