bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

राष्ट्रिय महिला उद्यमीको प्रदेश भेला अत्तरियामा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तरगत राष्ट्रिय महिला उद्यमीको सुदूरपश्चिम प्रदेशस्तरीय भेला कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमकाबिच राष्ट्रिय महिला उद्यमी सुदूरपश्चिम प्रदेश संयोजक जानकी वैद्य चौधरीको सभापतित्वमा भेला सम्पन्न भएको हो । भेलामा प्रमुख अतिथि पूर्व सांसद एवम् महासंघकी सल्लाहकार निरु देवी जैरु रहेकी थिईन् ।

भेलामा बोल्दै जैरुले महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताईन् । उनले कपडा तथा सिलाई व्यवसायमा ठुलो संख्या ओगटेका महिलाहरु एक हुनु जरुरी रहेको बताईन् ।

Siddi ganesh

कपडा तथा सिलाई व्यवसायमा आवद्ध महिलाहरुका पेशागत समस्या समाधानका लागि राष्ट्रिय महिला उद्यमी प्रदेश समितिले काम गर्ने जैरुको भनाई थियो ।

महासंघका केन्द्रिय सँस्थापक अध्यक्ष रामकृष्ण श्रेष्ठले महासंघले उद्यमी महिलाहरुका लागि सिप विकासका कार्यक्रमहरु पनि आगामी दिनमा ल्याउने प्रयास गर्ने बताए ।

उनले कपडा तथा सिलाई व्यवसायमा ठुलो हिस्सा ओगटेका महिलाहरुलाई राष्ट्रिय महिला उद्यमीमार्फत जाड्ने प्रयास महासंघले गरिरहेको बताएका छन् ।

कार्यक्रममा महासंघका पदाधीकारीहरु,विभिन्न जिल्ला समितिका पदाधीकारीहरु लगायतको उपस्थिति रहेको थियो । त्यस्तै भेलाले आजै जानकी वैद्य चौधरीकै संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

जस्को सचिवमा प्रमिला सुवेदी तथा कोषाध्यक्षमा कञ्चन चौधरी चयन भएका छन् । सदस्यहरुमा चम्फा बोहरा,कमला देवी चौधरी,शान्ति थापा,सरस्वती चौधरी,फगनी देवी चौधरी,ईशवरी देवी भट्ट,पार्वती साँउद बाग र फुलमति दहित चयन भएका छन् ।

२०७५ सालमा स्थापना भएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले सबै प्रदेशमा राष्ट्रिय महिला उद्यमी समिति गठन गरेको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.