कैलालीका ४ फरार प्रतिवादी पक्राउ

Image

धनगढी – अदालतबाट दोषी ठहर भएका कैलालीका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।

चोरी मुद्दामा ४ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१ बस्ने २२ वर्षीय दिनेश वि.क, कुटपिट मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ४५ वर्षीय चन्द्रप्रकाश कोइराला, सोही मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ कै ३४ वर्षीय जगत प्रकाश कोईराला रहेका छन्।

त्यस्तै वन मुद्दामा १ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-६ बस्ने ६० वर्षीय रतन लालसार्की रहेका छन्।