अत्तरियामा कोहिनुर दोहरी साँझ सन्चालनमा

Image

अत्तरिया – कैलालीको अत्तरिया मा कोहिनुर दोहरी साँझ सन्चालनमा आएको छ ।

अत्तरिया चोक को पश्चिम रोडमा उक्त दोहरी साँझ अत्याधुनिक सजावट सहित सन्चालनमा आएको हो । स्थानीय युबा हरिश बमले उक्त दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।

nisarga

बुधबार एक कार्यक्रम का बिच दोहोरी साँझ को सन्चालकका जेठा दाइ प्रेम बम , लोकप्रिय गायक चक्र बम , गायक लाल बहादुर धामी ‘अछामी बड्डो’, गोदावरी होटेल ब्यबसायी संघका अध्यक्ष लक्ष्मण धामी र अत्तरिया उधोग बाणिज्य संघका महासचिब शंकर खड्काले संयुक्त रूपमा उदघाटन गरे ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सहभागी प्रतिनिधिहरुले दोहोरी साँझ को प्रगतीको शुभकामना दिए । दोहरी ले यस क्षेत्रमा स्वस्थ मनोरञ्जन दिने सन्चालक बम ले बताए ।

कार्यक्रममा गायक सौगात ओझा, सुरेश कौशल, लाल बहादुर धामी लगाएतले प्रस्तुती समेत राखेका थिए । कार्यक्रम को सन्चालन चर्चित उदघोषक केपी कलौनीले गरेका थिए ।