Attariya Hospital Pvt.Ltd.

अत्तरियाबाट लागूऔषध चरेशसहित एकजना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध चरेश जस्तो पदार्थसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको छब्बिस पाथीभरा गाउँपालिका वडा नम्बर ७ बस्ने  कलक धामी रहेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित अन्नपुर्ण होटल समेत संचालन गर्दै आएका धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो ।

Siddi ganesh

धामीको साथबाट लागूऔषध चरेश जस्तो कालो पदार्थ १ सय ९८ दशमलव ८७ ग्राम बरामद गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.