अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा करिब दुई वर्षदेखी नेपाली सेनाले दाबी गर्दै आएको छ । अत्तरिया बसपार्क, बजार क्षेत्रमा पर्ने ६१ घरधुरी,अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाले आफ्नो भएको दाबी करिब दुई वर्षदेखी गर्दै आईरहेको हो ।
नेपाली सेनाले दाबी गर्दै आईरहेका उत्त क्षेत्र तथा संरचनाहरुमाथी हाल गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले भोगाधिकार गरिरहेका छन । यी संरचनाहरुमाथी सरकारी स्तरकै करोडौ रकम लगानी छ । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाले गुपचुप रुपमा आफ्नो नाममा नामसारी गरेको आरोप स्थानीयले लगाउने गरेका छन् ।
दाबी गरेकोे उक्त जग्गामा हाल करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको छ । २०६७÷६८ सालमा जनस्तरबाट रकम उठाइ संरचना निर्माण गर्दा चुपचाप बसेको नेपाली सेनाले अहिले करोडौँका संरचना बनीसकेपछी दाबी गर्नु अनौठो विषय भएको यस क्षेत्रका सामाजिक अगुवा तथा राजनितिक नेतृत्वहरु बताउँदै आएका छन् ।
उनीहरु नेपाली सेनाले मुख्य राजमार्गको जग्गा हडपेर व्यापार गर्न खाजेको आरोप लगाउँदै आएका छन् । आज पनि कैलालीको अत्तरियास्थीत प्रतिभा सामुदायीक पुस्तकालयमा सोहि विषयमा नागरिक समाजले आयोजना गरेको भेलामा बोल्ने वत्ताहरुले नेपाली सेनामाथी यस्तै आरोप लगाएका छन् । उनीहरुले सामान्य हिसाबले सेना वा राज्य पक्षले नमानेमा आफुहरु जुनसुकै तहको आन्दोलन गर्न पनि तयार रहेको घोषणा गरेका छन् ।
भेलामा बोल्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले व्यवसायीहरुको एकएक रुपैँया लगानी गरेर निर्माण गरिएको बसपार्कमा नेपाली सेनाले दाबी गरेर जबरजस्ती गर्दा आउने परिणाम नराम्रो हुने चेतावनी दिए । सेनाको यस्तो कार्यले सुरक्षा निकाय र नागरिक समाजप्रति तित्तता पैदा भईरहेको बताए ।
“सुरक्षा निकाय जनतालाई चाँहिदैन भन्ने कुरा यस क्षेत्रका जनताले गरेका छैनन्,गर्ने पक्षमा पनि छैनन उनले भने श्रोत भर्नाका लागि उहाँहरुलाई माथी जमिन दिने भन्ने कुरा हुँदाहुँदै पनि सपिङ्ग कम्प्लेक्स,पेट्रोल पम्प र हाइवकोे टच जमीन उहाँलाई चाहिने,बिजनेस गर्नलाई उहाँलाई चाहिने त्यो कदापी स्वीकार्य हुँदैन ।
त्यसकालागि यसक्षेत्रका सम्पुर्ण जनताहरु एकजुट छन्,हामी यो विषय छलफलबाटै टुंग्याउन चान्छौ र हामीलाई बलमिच्याई गरियो भने कदापी स्वीकार्य छैन ।” त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टले स्थानीय स्तरबाट करोडौँ लगानी भईसकेको अवस्थामा सेनाले जवरजस्ती गर्नु उचित नहुने बताए ।
सेना प्रहरी हाम्रै सुरक्षाका लागि हो,उहाँहरुकालागि कहाँ,कसरी वयवस्थापन गर्ने भन्नेमा हामी स्थानीय सरकार,राजनितिक दल,नागरिक समाज लगायत सबै तयार छौँ तर उहाँहरुको अहिलेको व्यवहार उचित भएन्,उहाँहरुले विकास विरोधी हुनु भएन । स्थानीयको साथ सहयोग भएमा बसपार्क निर्माण गरेरै छोड्ने पक्षमा आफुहरु रहेको भट्टले बताए ।
अत्तरिया क्षेत्रका शैक्षीक अगुवा गीरीराज कडायतले बनेको संरचना भत्काएर अर्को बनाउँछौँ भन्नु अन्यायपुर्ण भएको बताए । “हस्पीटल चलाउने,स्कुल चलाउने कस्ले हो भन्ने कुरा निती निर्माणकर्ताले सोच्नुपर्ने हो उनले भने ।” शाहिकालमा गरिएका सम्पुर्ण जन विरोधी निर्णयहरु खारेज हुने अनी यहाँको मात्रै नहुने? कडायतले प्रश्न गरे ।
त्यस्तै एमालेका युवा नेता लोकेन्द्र धामीले पनि बसपार्कमा स्थानीयको ठुलो लगानी रहेको,६१ घरधुरीले हालसम्म उत्त जमीन उपभोग गर्दै आईरहेकोले सेनाले दाबी छोड्नुपर्ने बताए । सकेसम्म यो विषयलाई कानुनी र छलफलको प्रक्रियाबाटै टुंगो लगाउनु पर्ने उनले बताए । छलफमा नेकपा माओवादी केन्द्रका गोदावरी नगर इन्चार्ज मदन कठायतले दुईवर्षदेखी लगातार उठ्दै आईरहेको यो विषयलाई अब चाँडै टुंगो लगाउनुपर्ने बताए ।
कांग्रेस,एमाले,माओवादी लगायतका दलहरुले नै निरन्तर सत्ता चलाउँदै आईरहेकोले उनीहरुले नै अब यस्को समाधान निकाल्नुपर्ने उनले बताए ।
यस्तै दुर्गालक्ष्मी सामुदायिक बनकी अध्यक्ष शिबा कडायतले अहिले भनिए जस्तो बन को जग्गा सेना प्रहरी को नभएको बताए । उनले भनिन्,’ “खै हामिलाई जानकारी छैन । जिल्ला बनले पनि केही भनेको छैन । हाम्रो किल्ला एरिया कहाँ सम्म हो ? सेना प्रहरीले कहाँ सम्म लिएको हो त्यो केही थाहा छैन ।’
६१ घरधुरीको तर्फबाट बोल्दै स्थानिय रुपेश बिकले आफुहरुको घर सेनाले लिए परिवारको बिचल्ली हुने बताए । ’हामी सँग बाँकी केही छैन, गाउँको जग्गा बेचेर बजारमा घर बनायौ अब त्यो पनि सेनाले लिन्छ भने नागरिकता त्यागेर देश नै छोड्नु पर्ला हामी सँग केही छैन । हामी यँहा अहिले बसेका होइनौ नि कतिपय त धेरै पुरानो बस्ती हो, सेनाले नै नापी गर्न भनेको हो फेरी हामीलाई सेनाले नै छोड्न भनेपछि अब कहाँ जाने ?’ उनले भने ।
दुई वर्ष अगाडि सेनाकै प्रतिनिधीले जग्गा तपाईहरु नाप्नुस भनेपनि यसपाली नापी हुँदा भने नाप्न नदिएको रुपेशको गुनासो छ । सेनाजस्तो पवित्र संगठनले पनि पटकपटक बोली फेरीरहेको उनले आरोप लगाए । सोही कार्यक्रममा बोल्दै पुर्बमन्त्री कृष्णराज सुबेदीले अत्तरियाको बिकासमा सेना बाधक बन्न नहुने बताए । “सेनालाई जग्गा दिन हामी जनता तयार छौ तर शाहिकालको नजिर ल्याएर आहिले जग्गा हाम्रो हो भन्नू गलत हो ।
पूर्वतिर भएको भएको भए यो मुद्दा उहिले नै समाधान भैसक्थ्यो होला तर सुदुरपश्चिमका जनता को भावना किन सरकारले बुझ्न सकेन भन्ने जनताको प्रश्न हो ? उनले भने ।” त्यस्तै नेकपा एमालेका प्रदेश सदस्य गोकर्ण भट्टले संकटमा रहेको अत्तरिया बसपार्कको बचाउकालागि सबै राजनितिक दल,नागरिक समाज एकै ठाउँमा हुनुपर्ने बताए । खाल्डोमा मात्रै सिमित रहेको क्षेत्रमा हामीले करोडौँ लगाएर निर्माण गरीसकेपछी अहिले सेनाले दाबी गर्नु उचित नभएको उनले बताए । बसपार्क बचाउने यो अभियानमा साथ दिन स्थानीय नागरिक समाजलाई उनले आग्रह गरे ।