अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवा युवती सहित होटल सञ्चालक पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवा युवती सहित होटल सञ्चालक पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत रिङरोडका बिभिन्न होटलहरुमा अनैतिक किर्याकलापमा संलग्न होटल सञ्चालक सहित १ जना पुरुष र २ जना महिला पक्राउ परेका हुन् ।

nisarga

अत्तरियाका बिभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई शनीबार बेलुकी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।