बझाङमा मतगणना सुरु

Image
maya metro

बझाङ – बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ ।

दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो ।

nisarga

छबिसपाथिभेरा गाउँपालिकाको वडानम्बर १ र २ बाट मतगणना सुरु गरिएको हो ।

शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।