कञ्चनपुरको एक घर गोठमा आगलागी

Image
फाइल फोटो

कञ्चनपुर – कञ्चनपुरको एक घर र गोठमा आगलागी भएको छ।

भीमदत्त नगरपालिका-१३ बस्ने नन्दराज जोशीको गोठ नजिक चुलोमा बालेको आगोबाट गोठ र घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, कापी किताब, लत्ता कपडा, खटिया लगायतका सामान गरी अन्दाजी २ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको छ।