सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्री मण्डल विस्तारको तयारीमा जुटेका छन् ।
उपनिर्वाचनको मत परिणामपछि मात्र निर्णय गर्ने अडानमा बसेको नेकपा एमालेले निर्वाचन जितेसँगै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् ।

यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो ।
निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेसँगै मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठक ११ बजे बस्ने भनिएको छ । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।