Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत तेघरीबाट लागूऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय रोशन गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुकी गुरूङलाई लागूऔषध खैरो हेरोईनजस्तो धुलो पर्दाथसहित पक्राउ गरेको हो ।

गुरूङको घरकोठा खानतलासी गर्दा १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनजस्तो धुलो पर्दाथ फेला पारी उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Siddi ganesh

उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.