Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अनिश्चित बनेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेश सभाको बैठक शनिबार अपराह्न साढे ५ बजेका लागि बोलाइए पनि सत्ता साझेदार नेकपा एमालेले असन्तुष्टिका कारण अनिश्चित बनेको हो।

आफूसँग छलफल नै नगरी विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ।

Siddi ganesh

यसअघि शुक्रबार अपराह्न ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन।

एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित भएको हो।

बझाङको उपनिर्वाचनबाट निर्वाचित आफ्ना उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने अडान राख्दै आएको छ।

एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले पार्टीका अध्यक्ष केपी ओलीसँग छलफल गरेर अघि बढ्ने भन्दै हतार नगर्न सुझाव दिएको बताए।

रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं हिडेका छन् । एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.