अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बाट तीन बालबालिका बेपत्ता भएका छन् ।
गोदावरी ६ का १३ वर्षीय गणेश धामी,११ वार्षीय केशव फुलारा र ११ वर्षीय सुदिक्षा भण्डारी शुक्रबार दिउँसो २ बजेदेखी बेपत्ता भएको र प्रहरीलाई राती ११ बजेतीर मात्रै खबर आएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

आज (शनीबार) दिउँसो २ बजेको समयमा उनीहरु भारतको लखीमपुरमा देखीएको भन्ने सूचनाका आधारमा थप खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।