Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा नदीमा डुबेर दुई किशाेरकाे मृत्यु

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका-५ काे दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृत्यु हुनेमा बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवर रहेका छन् ।

उनीहरु शनिबार दिउँसो पौडी खेल्न खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डीएसपी जोशीले बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.