Attariya Hospital Pvt.Ltd.

बझाङ उपनिर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख मियाँसमक्ष पेस

padma
milan sunchadi

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ क मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ।

निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेका हुन्। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो।

विसं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो।

Siddi ganesh

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.