Attariya Hospital Pvt.Ltd.

गोदावरीका बाल समिति संरक्षणका सदस्यहरुसंग अन्तरक्रिया

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल समिति संरक्षणका सदस्यहरुसंग अन्तरक्रियाको आयोजना गरेको छ ।

शाखाले आज आइतबारदेखी तीनदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सबै वडाका प्रतिनिधि, विभिन्न विद्यालय एव् उक्त क्षेत्रमा गठित बालक्लबका प्रतिनिधिहरू गरी ६५ जना सहभागी रहने शाखाले बताएको छ ।

महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले उत्त अन्तरक्रिया कार्यक्रममा बालबालिकाको हक हित र अधिकारका सम्बन्धीका कुराहरु,लागू औषध र्दुव्यसनी बारे जानकारी,बालबालिका सम्बन्धी ऐन तथा बाल क्लब ,सञ्जालका अधिकार र कर्तव्य लगायतका विषयमा छलफल हुने बताएकी छिन् ।

Siddi ganesh

त्यस्तै बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा गैर कानूनी ओसार पसार, हिंसा, शोषण, यौन दुर्व्यवहार, असहाय, अपाङ्गता भएका तथा सडक बालबालिकाको संरक्षण र व्यवस्थापन लगायतका विषयमा पनि सहभागीहरुलाई जानकारी गराईने उनले बताएकी छिन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.