गोदावरीबाट लागूऔषध खैरो हेरोईनसहित दुई युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ स्थीत बडेहाँबाट लागूऔषध खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बडेहाँका जय किशन चौधरी र रमेश बिष्ट रहेका छन् । उनीहरुको साथबाट एक ग्राम दुई सय मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

आज (आइतबार) बेलुकी ५ बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।