Attariya Hospital Pvt.Ltd.

स्याउले बजारमा हाइमास्ट लाइट जडान गरिने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा हाइमास्ट लाइट जडान गरिने भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया – दिपायल सडकखण्डको केन्द्र मानिएको स्याउलेमा हाइमास्ट लाइट जडानको प्रक्रियामा अगढी बढेको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका छन ।

यसै चोकको बिचमा सानो आकारको पार्क बनाउने तयारीमा रहेको र बिच भागमा बत्ती जडानका लागि सडकसँग समन्वयका लागि प्रयास भईरहेको भट्टले बताएका छन ।

Siddi ganesh

गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर गर्दै आगामी दिनमा मालाखेती चोक, चौकीडाँडा, बसपार्क, लालपुरचोक लगायर ठाउँमा हाइमास्ट लाइट जडानको तयारीमा रहेको भट्टले बताएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.