कञ्चनपुर – कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको भीमदत्त नगरपालिका-५ सुकासाल बस्ने २४ वर्षीय बिक्रमसिह साँउद आइतवार पक्राउ परेका हुन्।
साँउदलाई २ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।