धनगढी – प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय सञ्चालन गरेका उद्यमीहरूलाई ३ दिने आवासीय उद्यमशीलता विकास तालीम आजबाट कैलालीको धनगढीमा सुरु भएको छ ।
यु एस ए आइडी जल जंगल परियोजनाको आयोजनामा भएको तालिममा कञ्चनपुर,बैतडी,डडेल्धुरा र दार्चुलाका २३ जना उद्यमीहरू सहभागी छन् । उद्यमीहरूका समस्या पहिचान एवं समाधानका लागि पहल गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
जल जंगल परियोजनाका टिम लिडर भास्कर भट्टराईको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय लघुउद्यम महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेश बहादुर विष्ट प्रमुख अतिथि रहेका थिए ।
तालिममा सुशील ज्ञवाली,नागेन्द्र प्रसाद भट्ट र सुस्मिता चौधरीले प्रशिक्षण दिईरहेका छन् । प्रमोद सुवेदीले उद्देश्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन भूपेन्द्र पाण्डेले गरेका थिए ।