
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको बाल समिति संरक्षणका सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
३ दिने अन्तरक्रियाको आइतबार एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले उद्घाटन गरेकी थिईन् । अन्तरक्रियामा ३० बाल क्लबका प्रतिनिधिहरू गरी ६५ जना सहभागी रहेका थिए ।

महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले उत्त अन्तरक्रिया कार्यक्रममा बालबालिकाको हक हित र अधिकारका सम्बन्धीका कुराहरु,लागू औषध र्दुव्यसनी बारे जानकारी,बालबालिका सम्बन्धी ऐन तथा बाल क्लब ,सञ्जालका अधिकार र कर्तव्य लगायतका विषयमा छलफल बालबालिकाहरुलाई जानकारी गराईएको बताएकी छिन् ।
त्यस्तै बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा गैर कानूनी ओसार पसार, हिंसा, शोषण, यौन दुर्व्यवहार, असहाय, अपाङ्गता भएका तथा सडक बालबालिकाको संरक्षण र व्यवस्थापन लगायतका विषयमा पनि सहभागीहरुलाई जानकारी गराईएकोे उनले बताएकी छिन् ।