बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्।
मङ्गलबार साँझ ७ : १५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन्।
घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लाँदै गरेको स्थानीय फिट्टु खड्काले बताएका छन्।