Attariya Hospital Pvt.Ltd.

गोदावरीमा बालमैत्री वडा घोषणाको तयारी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बालमैत्री वडा घोषणाको तयारी गरेकोे छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले आगामी आर्थीक वर्षमा कम्तिमा नगरका दुई वा तीन वडालाई बालमैत्री वडा घोषणा गर्ने गरी तयारी गरेको हो ।

महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले आगामी आर्थीक वर्षमा सोहि बमोजिम बजेट विनीयोजनका लागि पनि नगरपालिकालाई आग्रह गरिएको बताईन् । बालमैत्री वडा घोषणा गर्न सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गर्नुपर्ने हुन्छ ।

५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।

Siddi ganesh

त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ ।

त्यस्तै छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएको लगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.