Attariya Hospital Pvt.Ltd.

कैलालीमा सुधारगृहमा राखिएका युवकको छतबाट खसेर मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीमा सुधारगृहमा राखिएका एक युवकको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना केन्द्र (सुधारगृह) मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार (बुधबार) आज बिहान करिब ३ः३० बजेको समयमा शाही एक तले छतबाट खसेका हुन् । छतबाट खसेर घाइते भएका उनको घोडाघोडी अस्पतालमा आजै मृत्यु भएको हो ।

Siddi ganesh

यता मृतकका आफन्तले घट्नाको निष्पक्ष अनुसन्धान हुनपर्ने बताएका छन् । मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् ।

शाहीलाई गत पुसमा सुधार केन्द्रमा राखिएको आफन्तले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.