Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा अटो र मोटरसाइकल ठोक्किदा महिलाको मृत्यु

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा अटो रिक्सा र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–३ की माया तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–२ मोती बस्तीमा मङ्गलवार सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल ठोकिएका थिए।

Siddi ganesh

मोटरसाइकलमा सवारी पुनर्वास नगरपालिका–३ कि मायाकुमारी तामाङको बुधवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन्।

उनको उपचार जारी रहेको प्रहरीले बताएको छ। अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.