धनगढी – कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ । धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षत्यतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन् ।यस्तै सदस्यहरुमा इन्द्रबहादुर चन्द्र, हिरण्ढकुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन् ।
यसैगरि सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्रप्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लालबहादुर देउवा चयन भएका छन् ।
नयाँ कार्यसमितिले आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्ने उपाध्यक्ष चक्र बिष्टले बताए । प्रदेशका अन्य जिल्लाहरुमा पनि संगठन विस्तार गर्न तयारीमा रहेको उनले बताए ।