‘आमाको पहिचान नै बच्चाको विश्वव्यापी पहिचान हो’

Image

अत्तरिया – कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले आमाको पहिचान नै बच्चाको विश्वव्यापी पहिचान भएको बताएकी छिन् ।

आज अत्तरियामा कानुनी पहिचान (नागरिकता र जन्मदर्ता) सम्बन्धमा महिला कानुन र विकास मञ्च तथा गोदावरी नगरपालिकाले संयुत्त रुपमा आयोजना गरेको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै जोशीले यस्तो बताएकी हुन् ।

बच्चा जन्मीसकेपछी कुनै पनि अवस्थामा जन्मदर्ता पाउनुपर्ने कानुनले नै स्पष्ट गरेको बताईन् । “कहिलेकाँहि बुवाले नस्विकारेको, बुवाले अर्कै बिहे गरेर जाँदा जन्मदर्ता नबनेको आदी भन्दै महिलाहरु समस्या लिएर आउने गरेका छन्, जुनसुकै अवस्थामा होस् आमाको गर्भमा आएदेखी नै बच्चा सरकारको अधिनमा,निगरानिमा हुन्छ,कागजी पक्रिया पुर्याएर उस्ले सहजै जन्मदर्ता पाउनुपर्छ जोशीले भनिन् ।”

बाल अधिकार,विश्वव्यापी मानव अधिकारको पनि सवाल भएकोले कागजी प्रक्रिया पुर्याएर हरेक खाले बच्चालाई सहज जन्मदर्ता उपलब्ध गराउन उनले जनप्रतिनिधी तथा वडा सचिवहरुलाई आग्रह गरिन् ।

जन्म,मृत्यु जस्ता व्यत्तिगत घटना समयमै दर्ता गराउनका लागि पनि नागरिकहरुलाई सचेत गराउनुपर्ने भन्दै उनले व्यत्तिगत घटना समयमै दर्ता नभए दुरुपयोग हुने सम्भावना रहने बताईन् ।